जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार ०९:२५

काठमाडौ महानगरपालिका २९ मा एमालेबाट शिवराम सर्वसम्मत उम्मेदवार


काठमाडौ, चैत २७ । नेकपा एमालेले देशभर उम्मेदवारको नाम सर्वसम्मत चयन गर्ने क्रम जारी राखेको छ । पार्टी मातहतका कमिटीले केन्द्रीय कमिटीको निर्देशन बमोजिम बैठक बसेर आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारको नाम तय गरिरहेको हो ।

धेरै जसो उम्मेदवारहरु सर्वसम्मतमा चयन भइरहेका छन् । यही क्रममा काठमाडौ महानगरपालिकाको वडा नम्बर २९ मा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । काठमाडौ महानगरपालिका वडा नम्बर २९ बाट बिकासप्रेमी नेता शिवराम राजबंशीको नाम टुंगो लागेको हो । घट्टेकुलो बिकास समाजका अध्यक्ष समेत रहनुभएका राजबंशीको नाम सर्वसम्मत रुपमा निर्णय भएको एमालेले जनाएको छ ।

उहाँ विकासप्रेमी नेता भएकाले काठमाडौ महानगरको विकासका लागि एमालेले अघि सारेको भन्दै उहाँको जितका लागि नेता तथा कार्यकर्ताहरुले अपिल गर्न थाल्नुभएको छ । अधिकांशले सामाजिक सञ्जालमा पोष्ट गरेर उहाँको विजयका लागि भोटको अपिल गरिएको छ ।