चितवन, चैत २७ । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटकका मतपत्र च्यातेर हराइएका उम्मेदवार एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम सर्वसम्मत टुंगो लगाइएको हो । नेता ज्ञवाली चितवन एमालेका इन्चार्ज समेत हुनुहुन्छ ।
सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन ज्ञवालीले प्रस्ताव गर्नुभएको र सांसद कृष्णभक्त पोखरेलले समर्थन गरी सर्वसम्मत सिफारिश गरिएको हो । सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुनुहुनछ। उहाँले २०७४ सालमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट जित्नुभएको हो ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा सुवेदीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्