काठमाडौं, चैत २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन । अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरसायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन ।
‘एमाले सरकारको बहिर्रगमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण काम कुनै छ त ? गंभीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गर्नुभएको छ, ‘करिब दश महिनाको अबधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको धुकुटी सिध्याउनु यो सरकारको मुख्य काम बन्न पुग्यो ।’
उहाँका अनुसार देउवा सरकार गठन भएपछि जनतालाई राहतको सट्टा मंहगी र कु–शासनले थिचेको जनाउँदै देशको अर्थतन्त्र धरासायी र चौपट बन्दै गएको छ । ‘यस्तो अवस्थामा देउवा सरकार देशलाई दिनप्रतिदिन बोझ बन्दैछ, राष्ट्रलाई धराशायी बनाउने निकम्मा र असफल सरकारका रूपमा परिणत हुन देउवा सरकारलाई अब धेरै दिन कुर्न नपर्ने भएको छ’ बिष्टले उल्लेख गरेका छन ।













प्रतिक्रिया दिनुहोस्