काठमाडौं, चैत ३० । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धनका सहयोगी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित मंगलवार साँझ नेपालस्थित भारतीय दूतावास लैनचौर पुग्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक हतार हतार सकाएर भारतीय बिदेस सचिवमा बढुवा भएको खुसियालीमा राजदूत बिनयमोहन क्वात्राले आयोजना गरेको खुसियाली पार्टीमा पुगेर प्रधानमन्त्री देउवाले रेडवाइन अनि अरु नेताले आफूलाई मन पर्ने पेय पदार्थ सेवन गर्नुभयो ।
झण्डै एक घण्टा बढी बिताएर फर्कनुभएका नेतात्रयको वज फोटो सार्वजनिक भयो, दूतावासमा लम्पसार पर्नेहरुको अवस्था के भयो ? थाह भएन, तर स्वाभीमानी नेपालीको शीर भने लज्जाले झुक्यो । यसैलाई मनन गर्दै कानूनविद डा. युवराज संग्रौलाले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै लेख्नुभयो, ‘धेर मन रोएको दिन आज पनि हो ।’

संग्रौलको भनाई छ, ‘ नेपाल एउटा सार्भभौम देश हो। उहाँ सहसचिव बाट सचीव हुन लागेको भारतिय सरकारको कर्मचारी हो। बहालवाला प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री पुर्व सभामुख लगाएत तस्बिरमा नदेखीएका अनेकौं मनुवाहरुले के बुझ्नु पर्थ्यो भने नेपाल भारतको एक प्रान्त होइन। तपाईंहरुका हर्कतले कहिलेसम्म नागरिकको नागरिकको शीर झुकिरहने हो ? लाग्छ देशको हुर्मत लिनु राजनीति हो। यस्ता घटनाले नेपालको स्वतन्त्रता ‘निर्देशीत स्वतन्त्रता’ मा परीणत भैसकेको छ। धेरै मन रोएको दिन आज पनि हो ।’

अन्तराष्ट्रिय कानूनका ज्ञाता संग्रौला मात्र होइन, भारतीय दूतावासमा लम्पसार पर्न जाने प्रधानमन्त्री देउवा र उहाँका सहयोगी नेता प्रचण्ड र माधवको यो हर्कतलाई लिएर सामाजिक सञ्जालमा निकै कठा र तिखो टिप्पणी भएको छ भने चुनावमा यस्ता लम्पसावादी दलको बिपक्षमा भोट हालेर स्वाभिमान जोगाउने अठोट गर्नेसम्मको प्रतिक्रिया आएको छ । सवैजसो टिप्पणीमा देशबिरुद्धको घातक कदमका रुपमा बिश्लेषण गरिएको छ ।
हेर्नाेस केही प्रतिक्रिया































प्रतिक्रिया दिनुहोस्