जनता टाइम्स

१ बैशाख २०७९, बिहिबार १८:४८

कमल थापाले सूर्य चिन्ह रोज्दा खिसी-टिउरी किन महाशय ?


एमालेलाई एक्ल्याउन लागिपरेका प्रचण्ड र माधवलाई निर्वाचनको मुखमा एमालेले प्राप्त गरेको यो उपलब्धि मन परेको छैन । देशव्यापी एमालेको लहर, कमल थापा लगायतको एमालेतर्फको यात्रा उनीहरूलाई मन पर्ने विषय पनि भएन । र, कमल थापाको विगत देखाएर कमल थापाले सूर्य चिन्ह लिएकोमा खिसी-टिउरी गर्ने, एमालेलाई विटुल्याउने, एमालेलाई दक्षिणपन्थी भयो भनेर हौवा पिट्ने र आफू कांग्रेसको पुच्छर भएको नग्न परिस्थितिलाई ढाकछोप गर्ने कलुषित प्रपञ्चमा उनीहरू सम्बद्ध व्यक्ति र मिडिया लागेको प्रष्ट देख्न सकिन्छ । यसमा झिंगाको सरापले डिंगा मर्दैन भन्ने नेपाली उखान सम्झनुबाहेक के नै गर्न सकिन्छ र ?

निर्मल भट्टराई

देश स्थानीय तहको निर्वाचनको सङ्घारमा छ । सबै राजनीतिक पार्टीहरू चुनावी मैदानमा छन् । विगतदेखि नै देशको प्रमुख राजनीतिक पार्टी एमालेविरूद्ध नेपाली काङ्‌ग्रेसलगायतका साना बामपन्थी दल र मदेशवादी दलहरू गठबन्धन नै बनाएर लागेका छन् । कुनैवेला टाउकाको मोल तोक्ने र तोकिने दुबै थरि मिलेर एमालेको विरूद्धमा मोर्चाबन्दीमा लागेका छन् । मधेश आन्दोलनको क्रममा जनताको कत्लेआम गर्ने र कत्लेआममा पर्ने मिलेर चुनाबी गठजोड गर्दैछन् ।

आज शेरबहादुर देउबाले हँसिया हथौडामा, प्रचण्डले रूखमा, माकुनेले छातामा, उपेन्द्र यादवले गिलासमा र मोहनविक्रम सिंहले कलममा भोट हाल्ने गरि सत्ता गठबन्धनले एमालेविरूद्द राष्ट्रव्यापी अपवित्र तालमेलको कसरत गर्दैछ । सत्ता गठबन्धन दल जनतालाई आफ्नो आस्थाबमोजिम भोट हाल्न पाउने आफ्नो अधिकारबाट बञ्चित गर्दैछन् ।

यसैबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र परिवार दलले एमालेको निर्वाचन चिन्हमा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । एमालेभन्दा वा हाराहारी प्रभाव भएका केही ठाउँमा एमालेले उनीहरूलाई सघाउने र बाँकी देशभरका कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाल र परिवार दलका सबै मतदाताले सूर्य चिन्हमा भोट हाल्ने नै हो ।

राप्रपाको विभाजनपछि त्यसमा दुई वैचारिक धार देखा परेको सबैले देखेकै छन् । पूर्वराजा ज्ञानेन्द्रको एकोहोरो भक्ति गर्ने राजेन्द्र लिङ्‌देलको समूह र ज्ञानेन्द्रको पछि नलाग्ने र गणतन्त्र, सङ्‌घीयता र लोकतन्त्रलाई आत्मासात गर्ने कमल थापा समूह । थोरै मात्रामा भए पनि उनको देशभर प्रभाव रहेको तथ्य पनि कहींकतै छिपेको छैन । तत्कालीन अवस्थामा राष्ट्रियताको सवालमा एमालेले राप्रपासंग सहकार्य गर्न सक्ने र प्रजातन्त्रको सवालमा नेपाली काङ्‌ग्रेससंग सहकार्य गर्न सक्ने जननेता मदन भण्डारीको भनाइ स्मरणीय नै छ ।

यस निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलले निर्वाचन लड्न सूर्य चिन्ह रोज्नु एमालेजनका लागि खुसीको विषय हो । यो विषयले ती पार्टीहरू समयक्रममा एमालेमै अन्तरघुलन र समायोजनको प्रक्रियामा जाँदैछन् भन्ने प्रष्ट पारेको छ । तिनीहरू देशको प्रमुख राष्ट्रवादी, परिवर्तनकारी एवं अग्रगमनकारी शक्ति एमालेलाई थप बलियो बनाउने र सत्ताको लागि जस्तोसुकै अपवित्र गठबन्धन बनाउने शक्तिको विपक्षमा छन् भन्ने देखाएको छ

विगतमा मधेशवादी दलबाट छुट्टिएका हृदयेश त्रिपाठी समूहलाई एमालेले सूर्य चिन्ह दिएर सङ्घीय र प्रदेशसभाको निर्वाचनमा भाग लिन दिएको थियो । समयक्रममा त्यो समूहका अधिकांश नेता-कार्यकर्ता अहिले एमालेमा समाहित भइसकेका छन् । जसका कारण तुलनात्मक रूपमा मधेश प्रदेशमा कमजोर रहेको एमाले आज त्यहाँ शक्तिशाली भएर आएको छ ।

यस निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलले निर्वाचन लड्न सूर्य चिन्ह रोज्नु एमालेजनका लागि खुसीको विषय हो । यो विषयले ती पार्टीहरू समयक्रममा एमालेमै अन्तरघुलन र समायोजनको प्रक्रियामा जाँदैछन् भन्ने प्रष्ट पारेको छ । तिनीहरू देशको प्रमुख राष्ट्रवादी, परिवर्तनकारी एवं अग्रगमनकारी शक्ति एमालेलाई थप बलियो बनाउने र सत्ताको लागि जस्तोसुकै अपवित्र गठबन्धन बनाउने शक्तिको विपक्षमा छन् भन्ने देखाएको छ ।

एमालेविरूद्ध सबैतिर तालमेल गर्न सत्ता गठबन्धनलाई फलामको च्यूरा चपाउनुसरह भइरहेको बेला एमाले, राप्रपा नेपाल र परिवार दलबीच लोकप्रिय सूर्यचिन्ह लिएर निर्वाचनमा जाने सहमतिले सत्ता गठबन्धनमा खैलावैला शुरू भएको छ । एमाले मजबुत भएको देखेर उनीहरू तिलमिलाएका छन् ।

राप्रपाको विभाजनपछि त्यसमा दुई वैचारिक धार देखा परेको सबैले देखेकै छन् । पूर्वराजा ज्ञानेन्द्रको एकोहोरो भक्ति गर्ने राजेन्द्र लिङ्‌देलको समूह र ज्ञानेन्द्रको पछि नलाग्ने र गणतन्त्र, सङ्‌घीयता र लोकतन्त्रलाई आत्मासात गर्ने कमल थापा समूह । थोरै मात्रामा भए पनि उनको देशभर प्रभाव रहेको तथ्य पनि कहींकतै छिपेको छैन । तत्कालीन अवस्थामा राष्ट्रियताको सवालमा एमालेले राप्रपासंग सहकार्य गर्न सक्ने र प्रजातन्त्रको सवालमा नेपाली काङ्‌ग्रेससंग सहकार्य गर्न सक्ने जननेता मदन भण्डारीको भनाइ स्मरणीय नै छ

सत्ता गठबन्धनमा जतिसुकै दल भए पनि, उनीहरूका जे जे चुनावचिन्ह भए पनि यस पालीको निर्वाचन सूर्य चिन्ह र रूख चिन्हबीच हुदैछ । नेकपा(एमाले) र नेपाली काङ्‌ग्रेसबीच हुदैछ । देश विस्तारै दुई दलीय बन्दैछ । साना र क्षेत्रिय दलहरूको प्रभाव र अस्तित्व विस्तारै समाप्तिको दिशामा गएका छन् । मधेशवादी दलका सयौं नेता-कार्यकर्ताको एमाले रोजाइ र राप्रपा नेपाल र परिवार दलले सूर्य चिन्ह रोजाइलाई यस अर्थमा निकै सकारात्मक रूपमा लिन सकिन्छ ।

एमालेलाई एक्ल्याउन लागिपरेका प्रचण्ड र माधवलाई निर्वाचनको मुखमा एमालेले प्राप्त गरेको यो उपलब्धि मन परेको छैन । देशव्यापी एमालेको लहर, कमल थापा लगायतको एमालेतर्फको यात्रा उनीहरूलाई मन पर्ने विषय पनि भएन । र, कमल थापाको विगत देखाएर कमल थापाले सूर्य चिन्ह लिएकोमा खिसी-टिउरी गर्ने, एमालेलाई विटुल्याउने, एमालेलाई दक्षिणपन्थी भयो भनेर हौवा पिट्ने र आफू कांग्रेसको पुच्छर भएको नग्न परिस्थितिलाई ढाकछोप गर्ने कलुषित प्रपञ्चमा उनीहरू सम्बद्ध व्यक्ति र मिडिया लागेको प्रष्ट देख्न सकिन्छ । यसमा झिंगाको सरापले डिंगा मर्दैन भन्ने नेपाली उखान सम्झनुबाहेक के नै गर्न सकिन्छ र ?