काठमाडौं, वैशाख २। रसुवाका कांग्रेस नेता सुकिराम मोक्तानसहित १३ जना एमाले प्रवेश गर्नूभएको छ। शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर उहाँहरू पार्टी प्रवेश गर्नुभएको हो ।
मोक्तान कालिका गाउँपालिका वडा नम्बर २ मा कांग्रेसका तर्फबाट प्रत्यासी रहनुभएको थियो । सो अवसरमा कांग्रेसकै स्थानीय नेता मानबहादुर मोक्तान, सानुमान गोले, आइतराम मोक्तान, सुमन मोक्तान र सेते मोक्तान एमाले प्रवेश गर्नुभएको छ । त्यस्तै माओवादी, नयाँ शक्ति हुँदै जसपमा पुगेका जित बहादुर वाइबासहित ६ नेता एमाले प्रवेश गर्नुभएको छ ।
जसमा प्रेम गोले, चन्द्र बहादुर थिङ, रण बहादुर थोक्रा, कामी लामा मोक्तान, राम बा गोले रहनुभएको छ । । उहाँहरूलाई एमाले रसुवाका सचिव जनार्दन ढकालले ओली निवासमा लग्नुभको थियो ।













प्रतिक्रिया दिनुहोस्