जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १९:०७

नुवाकोट जिल्ला एमालेको किल्ला हुन्छ : अध्यक्ष ओली


काठमाडौं, २ बैशाख । नुवाकोट जिल्ला एमालेको किल्ला हुने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठोकुवा गर्नुभएको छ । आज विदुरमा आयोजित बृहद् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले अब नुवाकोटमा कुनै शरण र केसीहरूको केही नचल्ने बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘अब नुवाकोटमा जुनसुकै शरण वा नर्सिङ आए पनि नुवाकोट जिल्ला एमालेको जिल्ला हुन्छ । तीनै तहको निर्वाचनमा एमालेका उम्मेदवारहरू अत्याधिक मतले विजयी हुनेछन ।’ म कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै उहाँले पार्टीले निर्णय गरेर पठाएका उम्मेदवारलाई जिताउनका लागि लाग्न अपिल गर्नुभयो । उहाँले स्थानिय निर्वाचनमा नुवाकोटका सबै पालिकामा एमालेको लाल किल्ला हुने समेत सुनाउनुभयो ।