काठमाडौं, बैशाख ४ । नेकपा एमाले छाडेर नेकपा एस गएका नेकपा एस निकट शिक्षक संगठन कास्कीको अध्यक्ष नेत्र सुवेदी एमालेमा नै फर्किनुभएको छ । सुबेदी शनिवार नै नेपाल बुद्धिजीवी परिषद् अन्नपूर्ण गाउँ पालिका कमिटीको अध्यक्ष मा निर्बाचित हुनुभएको छ । निर्बाचित भै सकेपछि कार्यक्रमलाइ सम्बोधन गर्दै सुबेदीले गठबन्धनको जाल झेल लाइ परास्त गरि देशै भरि एमालेलाइ जिताउन अपिल गर्नुभयो ।
१७ सदस्यीय नेपाल बुद्धिजीवी परिषद् अन्नपूर्ण गाउँ पालिका कमिटी रहेको नेकपा एमाले अन्नपूर्ण गाउँ पालिका कमिटीका अध्यक्ष बिबेक देबकोटाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य पुन्य पौडेलले नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
नेकपा एमाले अन्नपुर्ण गाउ पालीका सबैलाइ समेटेर एक मन एकताका साथ पार्टी चुनावमा होमिने बताउनुभयो । नेपाल बुद्धिजीवी कास्कीको अध्यक्ष प्रा।बिश्वराज अधिकारीले नेकपा एमालेलाइ कसैको शक्तिले रोक्न नसक्ने दावी गनुभयो ।













प्रतिक्रिया दिनुहोस्