काठमाडौं, बैशाख ४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारको निर्णयलाई चुनौती दिँदै अदालत जानुभएको छ । कानूनअनुसार काम गर्दा कालोधनवालाको उक्साहटमा निलम्बन गरेपछि सो निर्णयको बिरुद्ध गभर्नर अधिकारी सर्वाेच्च अदालत पुग्नुभएको हो ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उहाँ सर्वोच्च अदालत जानुभएको हो । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्