जनता टाइम्स

५ बैशाख २०७९, सोमबार २३:३४

चुनाव सार्ने षडयन्त्र भएको एमाले निचोड : कडा प्रतिवाद गर्ने निर्णय


भक्तपुर, ५ बैशाख । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाएको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।

“वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,” एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो ।