जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार ०८:३०

भब्यरुपमा सम्पन्न भयो प्रवासी मञ्च टेक्सस च्याप्टरका नवनिर्वाचित कार्यसमितिको पदस्थापन


अमेरिका, बैशाख ६ । प्रवासी नेपाली मञ्च टेक्ससका नवनिर्वाचित कमिटीलाई मञ्चका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रीय कमिटीको प्रचार विभाग प्रमुख प्रभु थापाले शपथसहित पदवाहाली गर्नुभएको छ। आईतवार टेक्सासको युलेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थापाले सपथसहित पदबहाली गराउनु भएको हो ।

निवर्तमान कमिटीका कार्यवाहक अध्यक्ष चन्द्रमणि पान्ड्यको अध्यक्षता र नेत्र पान्डेको सन्चालनमा भएको उक्त पदास्थापन तथा नववर्ष २०७९ को शुभकामना कार्यक्रममा प्रवासी नेपाली मन्च अमेरिकाका सचिव तथा संगठन विभाग प्रमुख कूष्ण प्रसाद लामिछाने सहित संयोजक तथा माहदेश कमिटी सदस्य जिवन जोशी ,सहसंयोजक गोकर्ण दाहल सचिवालय सदस्य जनक राना ,कमल ओझा सहितको पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नव निर्वाचित कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे, उपाध्यक्ष द्वयमा किरण पौड्याल र रूपक खड्का ,सचिवमा राजु नेपाल, सहसचिवमा सदिता प्याकुरेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा तुलसी पौडेयल मधुसुदन ज्ञवाली, मनोज धिताल, नुरनाथ सुवेदी, कृष्ण भट्टराई, राजेश अधिकारी, भीषण अधिकारी, , ज्ञानहरि अर्याल, रञ्जित पौडेल र पवन अर्याल रहनुभएको छ ।

नवनिर्वाचित कमिटीलाई एनआरएन आईसीसी महिला सहकोषाध्यक्ष यमुना भट्टराई,एनसिसि आर सि ,राम्सि पोख्रेल,एएनए अध्यक्ष विजय भट्टराई ,नेजाका अध्यक्ष विकासराज न्यौपान् ,एनआरएन अमेरिकाको उपाध्यक्ष सुमन थापा ,विकास उप्रेति जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्ष भगवान मैनालि , नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन टेक्सासका अध्यक्ष सोफिन थापा जनसम्पर्क समिति अध्यक्ष ज्ञानेर्न्द्र कार्की जनप्रगतिशिल मन्च टेक्ससको अध्यक्ष राजु सुवेदी,एनएष्टीका पूर्व अध्यक्ष ,कूष्ण लामिछाने ,दिनेश शर्मा, पूर्व च्याप्टर अध्यक्ष , भानु खरेल, भक्त थापा, डा, बासु भण्डारी, , शिव काफ्ले लगायतले शूभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रीय गानवाट शुरू भएको कार्यक्रममा लोकप्रिय गायिका प्रिया भन्डारीले गीत र अम्रिता थापा र गिना पुनले आकर्षक तृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जन दिनुभएको थियो ।