जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार १४:२३

लोसपाबाट मेयर उम्मेदवारमा सिफारिस वडाध्यक्ष एमाले प्रवेश


काठमाडौं, ६ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस हुनुभएको जानकीराम साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । तत्कालीन राजपाबाट जनकपुरधाम–७ को वडाध्यक्षमा निर्वाचित साह काठमाडौं आएर एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । आज एमाले अध्यक्ष ओलीले साहलाई टीका र खादा लगाइँदिँदै पार्टीमा स्वागत गर्नुभएको हो । यसअघिको स्थानीय निर्वाचनमा तत्कालीन राजपा नेपालबाट साह वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।