खोटाङ, बैशाख ७ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले सरकारी सवारी साधन फिर्ता गर्नुभएको छ । उहाँले चुनावमा सरकारी सम्पत्ति दुरुपयोग गर्न नहुने भन्दै वडा कार्यालयको मोटरसाइकल फिर्ता गर्नुभएको हो ।
वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गर्नुभएको हो ।
निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्