दोलखा, बैशाख १० । नेकपा (एमाले) दोलखाले आठ ओटा पालिकाका प्रमुख र ९ ओटै पालिकाका उपप्रमुखसहित सवै वडाध्यक्षको उम्मेदवारको सूचीसहित कार्यान्वयनका लागि मातहत कमिटीलाई पठाएको छ ।
एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले आज भीमेश्वर नगरपालिकाका प्रमुखबाहेक सवै पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको नामसहित कायान्वयनका लागि पालिका कमिटीलाई निर्देशन दिनुभएको हो । दोलखा एमालेले भिमेश्वर नगरपालिकामा हालकै मेयर भरत केसीलाई उम्मेदवार बनाउने निर्णय गरेपनि आकांक्षीले प्रदेशमा उजुरी दिएपछि बिवाद देखिएको थियो ।
बिवादकै बीच मेयर केसीले आफू पुनः मेयरमा प्रतिस्पर्धा नगर्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरेको र प्रदेश कमिटीबाट निर्णय नआएकोले भिमेश्वरको प्रमुखको निर्णय हुन बाँकी रहेको छ ।
यी हुन उम्मेदवार














प्रतिक्रिया दिनुहोस्