काठमाडौं, बैशाख ११ । काठमाडौं मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा बितरणको सुभारम्भ गर्नुभएको मेलम्ची आयोजनामा गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।
सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।













प्रतिक्रिया दिनुहोस्