जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १४:१२

सत्यमोहन र सिद्धीलालको आशिर्वाद लिएर ललितपुरको मेयर उपमेयरमा एमाले उम्मेदवारले गराए मनोनयन दर्ता


ललितपुर, बैशाख १२ । ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउनु भएको छ । केहीबेर अघि मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गर्नुअघि उहाँहरूले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेट्नुभएको थियो । पाका र इतिहासका धरोहरलाई भेट गरी उममेदवारदर्ता गराउनु भएको हो ।