मनाङ, बैशाख १४ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध हुनुभएको छ । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उहाँ निर्विरोध हुनुभएको हो ।
नार्पाभूमिको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिनुभएको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्