जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १२:२५

गठबन्धनले दोलखा कांग्रेसमा बिद्रोह : सिंगो टीमसहित एमाले प्रवेश गरे पूर्वउपसभापति छवि लामा


दोलखा, बैशाख १६ । जिल्लामा खासै हैसियत नभएको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग मिलेपछि दोलखा कांग्रेसमा बिद्रोह भएको छ ।

माओवादी र नेकपा एसलाई भोट हाल्न नसक्ने भन्दै सभापतिसहित सिंगो वडा समिति एमाले प्रवेश गरेको पर्सिपल्ट आज दोलखा कांग्रेसका पूर्वउपसभापति छवि लामा एमाले प्रवेश गर्नुभएको छ । लामालाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नुभएका लामा दोलखामा प्रभावशाली मानिनु हुन्छ । लामा एमाले प्रवेश गरेसँगै दोलखा कांग्रेसमा ठूलो बिद्रोह हुने देखिएको छ । लामाले दोलखालाई कांग्रेस र माओवादीमुक्त बनाउने अठोटका साथ एमालेमा आएको बताउनु भयो ।