जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १९:१७

माओवादी मोह र अपमान सहिन्न भन्दै तुलसीपुरका यी चर्चित कांग्रेस नेताले रोजे एमाले


दाङ, बैशाख १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ चर्चित नेताहरु बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलको हातबाट आज पार्टी सदस्यता लिँदै उहाँहरु एमाले प्रवेश गर्नुभएको हो । खत्री कांग्रेस दाङ क्षेत्र नं ३ का क्षेत्रीय सदस्य हुनुहुन्छ। यसअघि उहाँ तुलसीपुर ९ को वडा इकाइ सभापति हुनुहुन्थ्यो। त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय विभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेल पनि एमालेमा पार्टी प्रवेश गर्नुभएको हो ।

खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आउनु भएको थियो । खड्काले कांग्रेसभित्रको माओवादी मोह र अपमान सहन नसकी एमालेमा प्रवेश गरेको बताउनु भयो ।