जनता टाइम्स

१७ बैशाख २०७९, शनिबार १९:११

‘प्रचण्ड–माधवजी कांग्रेसमै समाहित हुनोस’


पोखरा, बैशाख १७ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिनुभएको छ ।

माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै पोखरेलले कांग्रेसमै समाहित हुन सुझाव दिनुभएको हो । ‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ पोखरेलले भन्नुभयो, ‘प्रचण्डजी अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’

उहाँले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको बताउनु भयो । पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उहाँले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गर्नुभयो ।