जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार १६:४८

कांग्रेस घाइते छ, त्यसैले प्रचण्ड-माधवको बैशाखी टेकेर आएको छ : महेश बस्नेत


भक्तपुर, बैशाख १९ । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेपालको राजनीति आज पनि एमाले र केपी शर्मा ओली वरिपरि घुमिरहेको बताउनु भएको छ ।

आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको चाँगुनारायण नगरपालिकाले आजबाट गरेको घरदैलो अभियान अन्तर्गत वडा नं. १ सरस्वती खेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीतिमा अहिले पनि एमाले बलियो शक्ति रहेको बताउनु भयो ।

मैदानमा जो कमजोर छ, उसैले साथी खोज्छ भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद बस्नेतले भन्नुभयो, “मैदानमाजो कमजोर छ, त्यसले साथी खोज्छ, जो घाइते छ, त्यसले बैशाखी खोज्छ, एमाले बलियो छ, त्यहीँ भएर एक्लै मैदानमा छ, कांग्रेस घाइते छ, त्यसैले प्रचण्ड र माधव नेपाल दुईतिर बैशाखी टेकेर आएको छ, तर बिचरा त्यो बैशाखी के काम, बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो ।”

उहाँले स्थानीयपालिकामामात्रै होइन, प्रदेश र केन्द्रमा समेत एमालेको सरकार बन्ने ठोकुवागर्दै भूमाफियाले कब्जा गरेको सबै सार्वजनिकजग्गाएमालेको सरकार फिर्ता गराउने सार्वजनिकजग्गाको संरक्षण गर्ने बताउनु भयो । “ सरस्वती खेलको बसपार्कमा १९ रोपनीजग्गाभूमाफियाले कब्जा गरे, त्यो हाम्रो कारणले रोकिएको छ, त्यसलाई सरकारीकरण गर्न हामी फेरी लाग्ने छौँ, हामीले अन्तिम चरणमा पुर्याएको थियौ, सरकारीकरण गर्न तर गठबन्धनको सरकार आएपछि त्यो काम रोकिएको छ । एमाले फेरी सरकारमा आउँछ, सार्वजनिक जग्गाको संरक्षण गर्छ, सार्वजनिक जग्गा खाने माफियालाई जेलमा लगेर कोच्छ ।”

उहाँले बेसीँमा ११ रोपनी, कमलपोखरीमा १५ रोपनी, दक्षिण नारायणीमा १७ रोपनीजग्गा, मनोहरामा ४४ रोपनी र हनुमन्तेमा ५४ रोपनी सार्वजनिक जग्गा पूर्वभुमि सुधार मन्त्री नेपालीकांग्रेसकापूर्व बरिष्ठ नेताले कान्छी श्रीमतिको नाममागराएको भन्दै सार्वजनिक जग्गा दर्ता गरेर खाने पार्टीका साथीहरु आज ठुला–ठुला कुरा गर्ने भन्दै व्यङ्ग्य गर्नुभयो ।

नगरकोटमा २०५ रोपनीजग्गामाकब्जा गरेर बनाएको टहरा भत्काउने मेयर सोमप्रसादमिश्र र उपमेयर बिनाबास्तोलालाईू ‘स्यलुट’ गर्न चाहान्छु भन्दै उहाँले २२ ओटा टहराको त एउटा नेताले भाडा उठाएर खादो रैछ भन्नु भयो । त्यस्ता २०५ ओटा टहरा खाली कस्ले गरायो भने त्यो नेकपाएमालेले गरायो । त्यो भएर सार्वजनिक जग्गा हामी संरक्षण गछौं ।

कार्यक्रममाउहाँले वडा नं. १ मात्रै होइन सिंगो नगरपालिकाएमालेले विजयीहासिलगर्ने र उपत्यकामै पहिलो महिला नेतृत्वपालिकाचाँगुनारायण हुने उहाँले बताउनु भयो । कार्यक्रममाउहाँले नेपालीकांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस छाडेर आउने ५५ जनालाई टीका तथाखादालगाएर एमालेमाप्रवेश गराउनु भयो ।