उदयपुर, बैशाख २० । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बेलकामा एमाले प्रवेस गर्नेको लहर बढ्दो रहेको छ । बेलकाका निवर्तमान मेयर दुर्गा कुमार थापा स्वस्ती र नेकपा एमालेलाई समर्थन गर्दै दैनिक सयौंको संख्यामा बेलकामा एमाले प्रवेस गर्ने गरेका छन ।
पहिलो कार्यकालमा विकास निर्माण र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सफल दुर्गा कुमार थापा स्वस्तीलाई पुनः अर्काे कार्यकाल दोहोर्याउने बाँचा सहित दैनिक ठुलो संख्यामा एमालेमा प्रवेस गर्ने गरेका एमाले बेलका नगरपालिकाका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो ।
नगर अध्यक्ष बस्नेतका अनुसार आईतबार वडा नम्बर ८ मा भएको कार्यक्रममा एक सय भन्दा बढि पार्टी प्रवेस गरेका थिए भने सोमबार वडा नम्बर ३ को विभिन्न स्थानमा भएको कार्यक्रममा सयौंको संख्यामा काँगेस र माओवादी परित्याग गरेर एमालेमा समाहित भएका हुन ।
बेलका नगरपालिका वडा नम्बर ३ जगना टोलमा मणिकुमार राई, कविता राई, गमशेर राई, विजय रानामगर, विरधन तामाङ, पदम बहादुर खड्का, तामिन्द्र राउत, राजकुमार राई, दिपक रार्य, डम्बर बहादुर थामी, पदम मगर, मानस याखा, दानेल लिम्वु, राजन कुमार राउत, सुबास तामाङ, राजेन्द्र याखा लगाएत ७० जना स्थानीयहरुले माओवादी र कांग्रेस परित्याग गरेका छन ।

त्यस्तै वडा नम्बर ८ को सेतीखोलामा भएको कार्यक्रममा लिल बहादुर राईको नेतृत्वमा ५० जना भन्दा बढीले एमाले रोजेको जानकारी दिईएको छ । एमालेबाट बेलका नगरपालिकाको मेयरमा पुन दुर्गा कुमार थापा र उममेयरमा जिरा राई उम्मेद्वार रहेका छन । भने गठबन्धनको तर्फबाट मेयरमा नेपाली काग्रेसका अशोक कार्की र उपमेयरमा माओवादी केन्द्रका मनोज तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्