चितवन, बैशाख २१ । नेकपा एकीकृत समाजवादीको कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित सिंगो वडा कमिटी नै नेकपा एमालेमा बिलय भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा खैरहनी वडा नम्बर ६ कमिटी एमालेमा बिलय भएको हो ।
यसरी एमालेमै फर्कनेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत हुनुहुन्छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गर्नुभयो ।
समाजवादी परित्याग गर्नुभएका खैरहनी नगर कमिटी उपसचिव समेत रनुभएका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताउनुभयो । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उहाँको ठोकुवा पनि उहाँले गर्नुभएको छ ।
कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका छजना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले रत्ननगर– ११ को घरदैलो कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिनुभयो ।
पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्