बाजुरा, २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका–९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यकर्ताबिच दोहोरो झडप भएको छ । एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताउनुभयो ।
एकिकृत समाजबादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकीसमेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर गरेको बोगटीले जानकारी दिनुभयो । सो झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यकर्ताहरुले नाराबाजीका साथै तोडफोड गर्न लागेपछि प्रहरीले हवाई फाएर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्