जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १४:३२

देशैभर रोकिएन पार्टी प्रवेश कार्यक्रम, तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमाले प्रवेश


सिन्धुपाल्चोक, २३ बैशाख । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का तरुण दल अध्यक्ष सैलेन्द्र कार्कीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । आज बिहान एक कार्यक्रमबीच कार्कीसहितको टोली एमालेमा प्रवेश गरेको हो ।

उहाँहरुलाई एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका टपिन्द्र तिमल्सिना र वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार ईश्वर तिमल्सिनाले एमालेमा स्वागत गर्नुभएको हो ।

नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने अध्यक्षका उम्मेदवार तिमल्सिनाले बताउनुभयो । सुनकोशीमा एमाले र माओवादीले चुनावी तालमेल गरेका छन् ।