काठमाडौं, बैशाख २४ । सरकारले नेपाली कांग्रेसका नेता र प्रेस काउन्सिलका सदस्यसहित आठ जना पत्रकारलाई यस बर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस बर्षको पुरस्कार छनोट गरेको हो ।
यसरी पुरस्कृत हुनेमा दुई लाख रुपैयाँ राशीको पुरस्कारबाट बरिष्ठ पत्रकार किशोर नेपालसहित नेपाली कांग्रेसका नेता तारानाथ दाहाल रहनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहाल पत्रकारिता त्यागेर नेपाली कांग्रेसबाट संबिधानसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । दाहाल दोस्रो संबिधानसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर पराजीत हुनुभएको थियो भने नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुभएको थियो ।
यस्तै प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्वासेलाई पनि यस बर्ष एक लाख रुपैया राशीको पुरस्कार प्रदान गरिएको छ । प्रेस काउन्सिलमा बेल्वासे नेपाली कांग्रेस निकट एक मात्र प्रतिनिधि हुनुहुन्छ । तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कांग्रेस भातृ संस्था नेपाल प्रेस युनियनको सिफारिशमा सदस्य नियुक्त गर्नुभएको थियो ।
यसैगरी पुरस्कृत हुनेमा प्रेस चौतारी नेपालका पूर्व कोषाध्यक्ष बालकुमार नेपालसहित डिआर पन्त, गंगा बराल, सम्झना बन र इकवाल अहमद हुनुहुन्छ । उहाँहरुले एक लाख रुपैयाको पुरस्कार पाउनु भएको छ । सञ्चार मन्त्रालयले आज राष्ट्रपति भवन शितल निवासमा बिशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्