दोलखा, बैशाख २५ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा एमालेको गढ दोलखामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस छाडेर एमाले रोज्ने क्रम निकै बढेको छ । नेकपा एमालेले चुनावी अभियान अघि बढाउँदै घरदैलो र सभा गर्ने हरेक स्थानमा कांग्रेस माओवादी त्यागेर एमाले प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढेको हो ।
यही क्रममा आज नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँपालिका वडा नः १ मुलीमिर्गेका इन्चार्ज हिरा तमाङ र सहइन्चार्ज उद्वप गिरीको नेतृत्वमा सहित सिंगो वडा कमिटी एमालेमा समाहित भएको छ । नेकपा माओवादी बिकास र कम्युनिष्ट आन्दोलनबिरोधी पार्टीको रुपमा स्थापित भएकोले एमालेमा समाहित भएको उहाँहरुको भनाई छ ।
यसैगरी बैतेश्वरमै नेपाली कांग्रेसकी नेतृ शिक्षक संघ दोलखाको जिल्ला सदस्य पुर्णदेवी तमाङसहित एक सय २० जना युवाहरु एमाले प्रवेश गर्नुभएको छ । कांग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका नेता कार्यकर्तालाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ र एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठसहितका नेताहरुले खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
























प्रतिक्रिया दिनुहोस्