काठमाडौँ ,२७ बैशाख । शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार मंगलबार बजार ४४ दशमलव १,६ अंकले बढेको हो ।
१दशमलव ९,५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१२ अंकमा उक्लिएको छ । मंगलबार २२६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उच्च अंकले बढेको दिन मंगलबार सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २३६ दशमलव ८१ अंकले बढेको हो । मंगलबार ६ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार मंगलबार ङादी ग्रुप पावर लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० दशमलव ३० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार पनि १७ दशमलव ९,५ अंकले बजार बढ्दा १ अर्ब ३२ करोड ६४ लाख २१ ह्जार ६ सय ६२ रुपियाँ र हिजो सोमबार १२ दशमलव २,७ अंकले बजार बढ्दा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रुपियाँ बराबरको कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्