जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १८:१८

जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागेपछि‍‍…


काठमाडौं, २७ वैशाख । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।

आज समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गर्नुभयो । सम्बोधन गर्दै गर्दा उहाँले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गर्नुभयो । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झाना आएको हुनसक्छ ।

जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उहाँले सूर्य चिह्नमा मत माग्नुभएको थियो । सूर्यमा मत माग्दै गरेका नेपाललाई उहाँका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उहाँ एकछिम अकमक्किनुभयो । एक छिन अलमल्लिनुभएको नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।