जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०६:५३

सप्तरीमा मंगलबार भएको आगलागीबाट करिब २५ लाख रुपैयाँको क्षति


सप्तरी,२८ बैशाख ।सप्तरीमा मंगलबार भएको आगलागीबाट करिब २५ लाख रुपैयाँ क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १० मटीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताएका छन् ।

गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले भनाई छ  ।