जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ०७:३८

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना,३० जना घाइते


धनगढी, २९वैशाख। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।

बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरूमध्ये सामान्य घाइते भएकाको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको छ।

घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।