जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार १८:१३

निर्वाचनका लागि रुपन्देही जिल्लाभरका मतदान स्थलको तयारी अन्तिम चरणमा


रुपन्देही, २९ वैशाख। शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुपन्देही जिल्लाभरका मतदान स्थलको तयारी अन्तिम चरणमा पुगको छ ।

अधिकांस मतदानस्थलमा सुरक्षाकर्मी, कर्मचारी मतपत्रसहित पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ
जिल्लाभर २८ मतदान स्थलका सात सय मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन् ।मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहायताले मतदान केन्द्रहरु तयार गरिएको छ ।

यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाइन लाग्ने गरि ब्यवस्था मिलाइएको छ भने अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ ।निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार ८०० प्रहरी भित्रि सुरक्षामा रहनेछन् । यसैगरी मतदान स्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना खटिनेछ ।

३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् ।  आयोगले मतपत्रको सुरक्षाका लागि मतगणना स्थलमा तारजाली र सीसी टिभीको अनिवार्य व्यवस्था गरेको हो ।