चितवन,३१ बैशाख ।चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ ।
शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ ।
रेणु दाहाल पुनः दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवार रहेकाले भरतपुर चर्चामा छ । पाँच दलीय गठबन्धनले रेणुलाई साथ दिएको छ ।













प्रतिक्रिया दिनुहोस्