जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०६:२२

उदयपुरमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु


उदयपुर,३१ बैशाख । उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

स्थिति नियन्त्रण लिन प्रहरीले शुक्रबार बेलुकी हवाई फायर गर्दा मानवीय क्षति भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार शुक्रबार बेलुकी बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरू राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो ।
दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।