दोलखा, वैशाख ३१। दोलखाको बैतेश्वर गाउँपालिका र तामाकोसी गाउँपालिकामा यसपटक पनि झडप र बुथ कब्जा भएको छ ।
बुथ कब्जाले बदनाम बनेका बैतेश्वर गाउँपालिका वडा नम्बर–१ गैरीमुदीमा नेपाली कांग्रेसका आफूलाई डन भनेर चिनाउने समुहले एमालेर माओवादीको नेता कार्यकर्ता र मतदाताहरुलाई डर, त्रास, धम्की दिँदै मतदान स्थलबाट लखेटेर ऐकलौटी मतदान गरेका छन् । करिब२५ सय मतदाता रहेको उक्त मतदान स्थलमा कांग्रेसले १८ सय देखि माथि एक छाप मत खसालेको एमाले र माओवादीको आरोप छ ।
यसअघिको निर्वाचनमा लुटिएको वडा नम्बर–२ पुतलीकाठ स्थित जनज्योति मावि,वडा नम्बर–३ मिर्गे मजुवा स्थित कालिढुंगा मतदानकेन्द्रमा भने शान्तिपूर्ण मतदान सम्पन्न भएका छन् । यस मतदान केन्द्रमा पनि कांग्रेसले बुथ कब्जा गर्ने प्रयास गरे तापनि स्थानीयकोप्रतिकार र थप सुरक्षा फौज तैनाथ गरेपछि मतदान शान्तिपूर्ण भएको स्वतन्त्रबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार छविलालमोक्तानले बताउनु भयो।
२०७४ सालको स्थानीय तह सदस्यको निर्वाचनमा पनि कांग्रेसले बैतेश्वरको वडा नम्बर–१, २ र ३ को बुथ कब्जा गरि आफ्नोउम्मेदवारलाई विजयी गराउन सफल भएको थियो ।
मतदान सुरु भएक लगतै विहन एक पटक यी तीनवटै मतदान स्थलमा कांग्रेसले बाहिरबाट भित्र्याएका समूहले फिल्मी शैलीमा आक्रमणगरि बुथ कब्जा गर्ने प्रयास गरे तापनि वडा नम्बर २ र वडा नम्बर ३ मा यसपटक विफल भएको छ ।
मतदान स्थलमा झडप हुँदा दर्जनौ घाइते भएका छन् ।
यी स्थानमा झडप हुन थालेपछि काठमाडौंबाट २५ जना सुरक्षाकर्मी हेलिकप्टरमार्फ उक्त स्थानमा र्पुयाएर सुरक्षा दिएको दोलखा प्रहरीप्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो। त्यसैगरी तामाकोसी गाउँपालिकामा पनि यसअघिझै बुथ कब्जाभएको छ ।
गाउँपालिकाको वडा नम्बर–३ कालापानी र वडा नम्बर–४ मालुमा गठबन्धनले एमालेलाई लखेटेर एकलौटी मतदान गरेका छन् । यहाँकोबुथ लुट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कुन्दनराज काफ्लेले सयौंको संख्यामा बाहिरी युवाहरू भित्र्याएको एमालेकोआरोप छ । काफ्ले सहितको समुहले मतदानको अघिल्लो दिन एमाले वडा सदस्यको उम्मेदवारको घरमा पसेर लुटपाट र कुटपिट गरेकोभन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् ।
काफ्लेसहितको टोलीले तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफे छौडे स्थित एमालेका वडा सदस्य उम्मेदवार कृष्णबहादुर तामाङकोघरमा पसेर तोडफोड गरी उनका बुबा आमामाथि कुटपिट गरेको उजुरीमा उल्लेख छ । काफ्लेसहितको टोलीले घरभित्रबाट २ लाख ५०हजार नगद र तीन तोला सुन लुटेर लगेको तथा घरमा क्षति र्पुयाएको भन्दै तामाङले कारबाहीको माग गर्नुभएको छ । उहाँले कांग्रेसकेन्द्रीय सदस्य कुन्दराज काफ्लेसहित चन्द्र गणेश काफ्ले, दीपक पोखरेल, चिरञ्जीवी काफ्ले र दीपक ढकालविरुद्ध किटानी जाहेरीदिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्