जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०७:५६

धनगढी उपमहानगरको मतगणना बिहान ११ बजेबाट सुरु हुने


धनगढी,३१ बैशाख।  सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ।

त्यसअघि सर्वदलीय बैठक बस्ने र ११ बजे मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मेयरसहित ९७ जना जनप्रतिनिधि छान्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो।