जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०९:३४

पाँच दलीय गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानल नै विजयी


ताप्लेजुङ, वैशाख ३१ । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ ।भर्खरै सम्पन्न भएको मतगणना परिणाम अनुसार एमालेका सुर्य ध्वजावहाक उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको हो।

परिणाम अनुसार सदस्यहरूमा एमालेकै भीमकुमार शेर्पा, नरध्वज लिम्बु, याङ्दे शेर्पा र दिलकुमारी बिक विजयी हुनु भएको छ ।  वडामानेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू नेपाली कांग्रेसको रूख चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।