जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०९:५१

रेसुङ्गा-१ मा एमालेको प्यानल नै विजयी


गुल्मी, वैशाख ३१। गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी हुनुभएको हो । अन्य पदमा पनि पन्थीको प्यानललेविजयी भएको छ । अहिलेसम्म चार वटा वडाको मतगणना सकिएको छ ।

वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ कोमतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ ।