जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:२४

काठमाडौं महानगरपालिकाको मतगणना सुरु


काठमाडौं,३१ वैशाख। काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ।

बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको गणना २ घण्टा ढिलो गरी सुरु भएको हो।वडा नम्बर १ र ३२ को मतपेटिका खोलेर मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बिहान ८ बजे नै मतगणना सुरु गर्ने भनिए पनि दल तथा उम्मेदवारका प्रतिनिधिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो।