जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:३५

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानलै विजयी


ताप्लेजुङ,३१वैशाख।  ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ६ मा नेकपाएमालेले अध्यक्ष जितेको छ ।

मेरिङदेन गाउँपालिका ६ नाल्बुमा सम्पन्न मतगणनामा वडाध्यक्ष र सदस्यहरू एमालेको प्यानलै विजयी भएका छन् । मेरिङदेनका निर्वाचन अधिकृतका अनुसार एमालेका मनोजकुमार तुम्वाहाम्फे ४ सय ५६ मत सहित विजयी  हुनुभएको हो ।

उहाका प्रतिष्पर्धी रुख चिह्न लिएर उठेका नेकपा एसका ठाकुरसिंह लिम्बुले ३ सय २४ मत प्राप्त गनुभएको छ। वडाध्यक्षमा १ सय ३२ मतको अन्तर भएको छ ।
महिला वडासदस्य याङदे शेर्पा, दलित महिला सदस्य दिलकुमारी विक, खुला सदस्य नरध्वज लिम्वू र भिमकुमार शेर्पा विजयी हुनुभएको छ।