जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ११:३२

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात


काठमाडौं ,३१वैशाख। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानलै निर्वाचित भएको छ । उहाँले १ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारले ६३८ मत मात्र ल्याउनुभएको छ ।

नगरपालिकाको मेयरमा पनि नेकपा एमालेकै उद्धव विष्टले अग्रता लिनुभएको छ । उहाँले ८५४ मत पाउनुभएको छ । यस्तै नेपाली काँग्रेसका दीपक रिसालले ८२४ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा पनि एमालेकी सान्नानी लामाले ९३५ मतका साथ अग्रता लिनुभएको छ ।