भक्तपुर, ३१ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता लिएको छ।
चाँगुनारायण नगरपालिका १ को मत गन्दा एमालेले अग्रता लिएको हो। मतगणना अनुसार एमालेकातर्फबाट मेयर पदकी उम्मेदवार बिना बास्तोलाले २ सय ३८ मत प्राप्त गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसका जीवन खत्रीले २ सय २५ मत प्राप्त गर्नुभएको छ।
उपमेयरमा एमालेका रमेश बुढाथोकीले २ सय ४० र नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले १ सय २६ मत प्राप्त गर्नुभएको छ।।
प्रतिक्रिया दिनुहोस्