इलाम, ३१ वैशाख । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ ।
मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो ।
विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ ।
सर्वदलीय बैठक डाकेर मतगणना पुनः सुरु गराउने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्