जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १३:५१

इलामको माङसेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल नै विजयी


इलाम,३१ वैशाख। इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी हुनुभएको छ। लिम्बूले ३ सय २५ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र प्राप्त गर्नुभएको छ।

महिला सदस्यमा एमालेकै कल्पना राई ९३४४ मत, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा ९३३८ मत, र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू ९३४५ मत, र धनबहादुर राई ९३१० मत ल्याई विजयी हुनुभएको छ ।