चितवन, वैशाख ३१ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिनुभएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पछि पार्नु भएको हो ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याउनु भएको छ । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याउनु भएको छ भने राप्रपाकी हिमला गुरुङले १०६ मत पाउनु भएको छ । वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्