जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १९:३५

गठबन्धनका उम्मेद्वार पराजित गर्दै भद्रपुर १ मा एमालेको प्यानलै विजयी


झापा, बैशाख ३१ । भद्रपुर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित हुनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वार अधिकारीले ६६३ मत प्राप्त गर्नुभएको छ। निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहेका छन् ।

झापामा भद्रपुरबाट एमालेले खाता खोलेको हो ।