जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १६:४७

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, बिपक्षमा २२ सांसद


विराटनगर, भदौ ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । कोशी प्रदेश सभामा सोमवार भएको मतदानमा मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गर्नुभएको हो । कार्कीको बिपक्षमा २२ मत परेको छ ।

कार्की सरकारको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका हुन । कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य रहेका छन्।

त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् । कोशीमा नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् । उनीहरूले कतै पनि मतदन गरेनन। जनता समावादीकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु भने अनुपस्थित रहनुभयो ।

९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् । सोमवार मदतान हुँदा ८३ सदस्य उपस्थित थिए ।