जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २१:३५

मोदी लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था कडा,भारतीय उच्च निकायका प्रतिनिधी लुम्बिनीमा


लुम्बिनी, ३१ बैशाख ।२५६६ औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि भारत सरकारले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेका छ।

जेठ २ गते लुम्बिनी आउने कार्यक्रम तय भएसँगै मोदीको सुरक्षा व्यवस्थालाई कडा पारेको हो। शनिवार भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षाफौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरी फर्किएका छन्।
भारतीय उच्च सुरक्षा निकाय र भारतीय पत्रकारहरू लुम्बिनी आइसकेका छन् भने नेपाल सरकारका गृहमन्त्री सहितको टोली आईतबार लुम्बिनी आइपुग्ने बताइएको छ।