जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०८:१८

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


सोलुखुम्बु , १ जेठ ।  सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी हुनुभएको हो।

अध्यक्षमा  शेर्पाले २ हजार २८ मत र उपाध्यक्ष २ हजार २३ मत ल्याउनुभएको छ  । निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसकै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नु भएको ।

५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी वडाहरु नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।