जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १३:५९

भरतपुरमा एमाले उम्मेदवार विजयले लिए अग्रता, पछि परिन रेनू दाहाल


चितवन, जेठ १ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको छ । पछिल्लो समय लिड गर्नु भएकी दाहाललाई सुवेदीले उछिन्नु भएको हो ।

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याउनु भएको छ भने सुवेदीले १६११ मत ल्याउनु भएको छ । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाउनु भएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।